कार्यपालिकाको बैठक

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०४-०१ · ११:०० २०८३-०४-०१ · १४:००

  • स्थान

    बैठक हल, प्रशासनिक भवन, सुनकोशी गाउँपालिका।

श्री उपाध्यक्षज्यू,
श्री वडा अध्यक्षज्यूहरु (सबै),
श्री कार्यपालिका सदस्यज्यूहरु (सबै),
सुनकोशी गाउँपालिका, ओखलढुङ्गा।
प्रस्तुत विषयमा देहायका प्रस्तावहरु माथि छलफल गरी निर्णय गर्न सुनकोशी गाउँपालिकाको गाउँ कार्पालिकाको बैठक तपसिलको मिति, समय, स्थानमा बस्ने भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) क.१ तथा सुनकोशी गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि, २०७४ को दफा ३ को उपदफा ३ बमोजिम बैठकमा उपस्थितिको लागि गाउँ कार्यपालिकाको अध्यक्षको निर्देशनानुसार अनुरोध छ।
बैठकका प्रस्तावहरुः-
1.    अघिल्लो कार्यपालिका बैठकको निर्णय कार्यन्वयन सम्बन्धमा,
2.    कर्मचारीको तहवृद्धि सम्बन्धमा,
3.    सामुदायिक विद्यालयहरुमा सामग्री हस्तान्तरण गर्ने सम्बन्धमा,
4.    दिवा खाजाको साप्ताहिक सूची (MENU) सम्बन्धमा,
5.    आ.व. २०८३/८४ को दररेट स्वीकृत गर्ने सम्बन्धमा,
6.    सेवा करारमा कार्यरत कर्मचारीहरुको करार सम्झौता सम्बन्धमा,
7.    विविध सम्बन्धमा।
बैठक बस्ने मिति, समय र स्थानः-
मितिः २०८३/०४/०१, शुक्रबार
समयः बिहान ११ बजे,
स्थानः बैठक हल, प्रशासनिक भवन, सुनकोशी गाउँपालिका।